aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
Tansen_cement
hulas Remite

एकै दिन २१ सय ४६ जना प्रहरीकाे फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
Sunrise
एकै दिन २१ सय ४६ जना प्रहरीकाे फन्दामा
LBEF

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ६१ महिला सहित  २१ सय ४६  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । 

यसै गरी  ३ सय ७१ वटा दुई पाङ्ग्रे र १६ वटा चारपाङग्रे गरी ३ सय ८८ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि १८ सय ३३ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट २ सय ३९ र भक्तपुरबाट ९२ जनालाई नियन्त्रणमा लिएको छ । 

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस