आजदेखि पाँच लाखभन्दा बढीको कारोबार गर्दा प्यान अनिवार्य, बजारमा यसले कस्तो प्रभाव पार्ला ? - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

आजदेखि पाँच लाखभन्दा बढीको कारोबार गर्दा प्यान अनिवार्य, बजारमा यसले कस्तो प्रभाव पार्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ बैशाख २०७६
Sunrise bank
आजदेखि पाँच लाखभन्दा बढीको कारोबार गर्दा प्यान अनिवार्य, बजारमा यसले कस्तो प्रभाव पार्ला ?
LBEF

नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आजदेखि एकपटकमा पाँच लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गर्नेले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) पेश गर्नुपर्ने भएको छ । त्योभन्दा कम कारोबार गर्नेलाई भने स्वच्छिक रुपमा छाडेको छ ।

यसअघि शेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले अनिवार्य रुपमा सबै लगानीकर्तालाई प्यानको दायरमा ल्याउने व्यवस्था गर्न लागेको थियो । तर, लगानीकर्ताको व्यापक दबाब खेप्न नसकेपछि एकपटकमा पाँच लाखभन्दा माथि कारोबार गर्नेलाई अनिवार्य रुपमा प्यानमा दर्ता हुनुपर्ने र त्योभन्दा कम रुपैयाँको कारोबार गर्ने लगानीकर्तालाई ऐच्छिक व्यवस्था गरेको थियो ।

सरकारले निरन्तर ओरालो लागेको शेयर बजारमा एकपछि अर्को गर्दै नयाँ नीति ल्याउँदै गएपछि त्यसको विरोधमा लगानीकर्ता उभिन पुगेका थिए । १८८१ अंकमा पुगेको शेयर बजार निरन्तर घटेर नेप्से ११८१ अंक नजिक आएपछि सरकारले ल्याएका नयाँ नीतिको विरोध गर्दै आन्दोलन गर्दै आएका छन् ।

पछिल्लोपटक सरकारले सबैलाई अनिवार्य गर्न लागेको प्यानको व्यवस्थालाई लिएर लगानीकर्ता आन्दोलित भएपछि सरकार त्यस्तो नीति ल्याउनबाट पछि हटेको थियो । शेयर लगानीकर्ताहरु प्यानका विषयमा घुँडा टेकेको बताउँछन् ।

आजदेखि पाँच लाखभन्दा बढी शेयर कारोबार गर्दा दोस्रो बजारमा कस्तो प्रभाव पार्ला ? आम लगानीकर्ताबीच यही विषयलाई लिएर चर्चा परिचर्चा गर्न थालेका छन् । चिया पसलदेखि शेयर ब्रोकरसम्म प्यानले शेयर बजारमा पार्ने प्रभावको विश्लेषण गर्न थालेका छन् ।

केही लगानीकर्ताले ठूलो कारोबार गर्नेले यसअघि नै प्यानमा दर्ता भई सकेकाले शेयर बजारमा खासै प्रभाव नपार्ने बताउँछन् । अर्कोथरी लगानीकर्ता भने यसले शेयर बजारमा असर पार्ने बताउँछन् । प्यानका कारण एकपटकमा पाँच लाखभन्दा कम रकमको मात्र शेयर कारोबार गर्न थाल्दा शेयर बिक्रीमा समेत कमी आउने उनीहरुले आंकलन गरेका छन् ।

धेरै लगानीकर्ता प्यानमा दर्ता नभएकाले केही दिन त्यसको असर शेयर बजारमा पर्ने अनुमान ब्रोकरको छ । एक दुई दिन नेप्से घट्न सक्ने र कारोबार रकममा कमी समेत आउने उनीहरुको भनाइ छ ।पछिल्लो समय पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार दैनिक एक सयको हाराहारीमा हुने गरेको गरेको नेप्से तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस