aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
Tansen_cement
hulas Remite

थर्मल गन कालोबजारी गरेको आरोपमा जगदम्बा समूहका अग्रवाल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
Sunrise
थर्मल गन कालोबजारी गरेको आरोपमा जगदम्बा समूहका अग्रवाल पक्राउ
LBEF

काठमाडौं । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परेका छन्। उनलाई कोरोना परीक्षण गर्ने इन्फ्रारेड थर्मल गन (ज्वरो नाप्ने यन्त्र) कालोबजारीमा बिक्रि गरेको आरोपमा पक्राउ गरिएको हो  । उनले साढे ७ हजार पर्ने थर्मल  १६ हजारदेखि २५ हजार रुपैयाँ लिएर बिक्री गरेको गुनासो आएको थियो ।

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको महाशाखाका सूचना अधिकारी एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । अग्रवालालाई कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको उनले बताए ।  ‘उनलाई ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो,’ उनले भने  ‘साढे ७ हजार पर्ने थर्मल १५ हजार रुपैयाँ लिएर बिक्री गरिएको पाइएको छ । उनीबाट ६७ थान थर्मल गन बरामद भएको छ ।’ प्रहरीले ६७ थान ‘थर्मल गन’सहित अग्रवाललाई निणन्त्रणमा लिएको हो । 

जगदम्बा ग्रुपले गत शनिबार मात्र चीनको ग्वान्झाओबाट सात टन मेडिकल सामग्री ल्याएको थियो । नेपाल वायु सेवा निगमको जहाजबाट चार्टर गरेर ल्याइएको उक्त सामान ल्याउँदा नै उनले आईआर थर्मल गनको सट्टा अर्कै सामान भनेर ल्याएको थिए । शनिबार एक निजी लजिस्टिक कम्पनीले मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरेको थियो ।


ग्वान्झाओ जाने बेला २२ टन सामान ल्याउने भनिएपनि जहाज ७.५ टन मात्र सामान लिएर फर्किएको थियो । त्यसबेला ल्याइएको स्वास्थ्य सामग्रीमा सीजी ग्रुप तथा चौधरी फाउण्डेश– नर्भिक अस्पताल र केही मेडिकल सप्लायर्सबाहेक बाँकी आधाभन्दा बढी सामान जगदम्बा गु्रपकै थियो ।

जगदम्बा सिमेन्ट, छड र धागोका मालिक सुलभ अग्रवाल किर्गिस्तानको अनररी कन्सुलरका हैसियतमा परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको कुटनीतिक नम्बरको गाडीमा कालोबजारी गर्न थर्मल गन बोकेर आएका थिए । समाजका अग्रणी उद्योगी र कुटनीतिज्ञले पदको समेत मानमर्दन नगरी यो विषम परिस्थितिमा कालोबजारी गरेको महानगरीय प्रहरीले बताएको छ ।

किर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको महानगर प्रहरीले जानकारी दिएको छ । उनीसँगै २०९– एचसीसी –१ नम्बरकाे नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस