aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
Tansen_cement
hulas Remite

नवनियुक्त गभर्नरले सम्हाले पदभार (फोटोफिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
Sunrise
नवनियुक्त गभर्नरले सम्हाले पदभार (फोटोफिचर)
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिए लगत्तै राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका छन् । मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नवनियुक्त गभर्नर अधिकारीलाई सपथ गराए लगत्तै अधिकारीले आजै आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

राष्ट्र बैंकमा गत चैत ५ गतेदेखि गभर्नर पद खाली थियो । यसबीच राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कामु गभर्नर भएर कार्य सम्पादन गरिरहेका थिए । नवनियुक्त गभर्नरको कार्यकाल ५ वर्षको हुनेछ ।

३० वर्ष राष्ट्र बैंकमा कार्य सम्पादन गरिसकेको अधिकारीलाई राष्ट्र बैंकको क्याडर मानिन्छ । नवनियुक्त गभर्नरलाई स्वागत गर्न डेपुटी गभर्नर द्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ सहित राष्ट्र बैंकका उच्च कर्मचारी उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस