aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
Tansen_cement
hulas Remite

कामना सेवा बैंकले पनि दियो १ लाख बराबरको राहत सामग्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
Sunrise
कामना सेवा  बैंकले पनि दियो १ लाख बराबरको राहत सामग्री
LBEF

काठमाडौं । कामना सेवा विकास बैंकले धनगढी उप–महानगरपालिक ालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी  १ लाख रुपैयाँ बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो ।

 बैंकका धनगढी शाखा प्रमुख  हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप–महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप–प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गर्नु भएको हो ।

 प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप–महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिनु हुंदै उक्त सामग्री उप–महानगरपालिकाको विपत व्यवस्थापन कोष मार्फ वितरण गरिने बताए । 

कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२३ वटा शाखा कार्यालयहरु तथा ६५ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस