aarthiknews.com शुक्रबार, २३ जेठ २०७७   Friday, 05 June, 2020
 
Tansen_cement
hulas Remite
२५ करोड ४० लाख रुपैयाँ सहयोग

प्रधानमन्त्री कार्यालयले बैंकरलाई भन्यो ‘कोरोना कोषमा कति दिन्छौ’(प्रेस विज्ञप्तीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
Sunrise
प्रधानमन्त्री कार्यालयले बैंकरलाई भन्यो ‘कोरोना कोषमा कति दिन्छौ’(प्रेस विज्ञप्तीसहित)
LBEF

काठमाडौं । सरकारले बैकर्सहरूलाई बोलाएर कोरोना कोषमा के कति सहयोग के कति सहयोग गर्न सक्छौ, गर भनेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज बिहीबार बैकर्सहरूलाई बोलाएर कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जतिसक्दो सहयोग गर्न आग्रह गरेको हो । कार्यालयले आग्रह बमोजिम आजै २२ वटा बैंकहरूले सो कोषमा २५ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

कार्यालयको छलफलमा भाग लिन गएका नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष भुवन दाहालले आज २२ वटा वाणिज्य बैंकहरूले आफूले गर्ने सहयोग रकम घोषणा गरेको बताए । ‘केही बैंकले सहयोग रकम कोरोना कोषमा जम्मा गरिसकेका छन् भने केही बैंकहरू सहयोग गर्ने क्रममा रहेका छन्,’ उनले भने ।

५ वटा बैंकले भने अझै सहयोग रकम घोषणा गर्न वाँकी रहेको उनले बताए उनकाअनुसार स्ट्याण्डर्ड चाटर्ड, सन्राइज, एनआईसी एशिया, नविल र एभरेष्ट बैंकले भने अहिलेसम्म सरकारलाई दिने सहयोग रकम घोषणा गरी सकेका छैनन् । ‘स्ट्याण्डर्ड चाटर्ड बैंकले भने ग्लोबल्ली रुपमा मै सहयोग गर्ने जनाएको छ भने अन्य चार बैंकहरू भने बोर्डसँगको छलफलमा हुनुहन्छ ।’ बैंकहरूकोतर्फबाट गर्न लागिएको यो सहयोग संघदेखि तल्लो तहका सरकारसम्मका लागि हो ।’ केही बैंकहरूले भने विभिन्न अस्पतालहरूलाई सिधै सहयोग पनि गरेका छन् । छलफल कार्यक्रममा  सहयोग गर्ने बैंकका सबै प्रमुखहरूको उपस्थिति रहेको थियो । 

यसअघि विनाशकारी भूकम्पका बेला बैंकहरूले सामाजिक उत्तरदायित्व समेत पुरा नगरेको भन्दै निवर्तमान गभर्नर डा. चिरञ्जिबि नेपालले सार्वजनिक फोरममै भन्दै आएका थियो । यो आरोपबाट बच्न बैंकहरू सोही उत्तरदायित्व पुरा गर्न सरकारलाई ठूलो रकम हस्तान्तरण गरेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस