aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

१७ जलविद्युतको शेयर अंकितभन्दा कम मूल्यमा, एक महिनामा ३३ कम्पनीको कारोबार २ अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
Sunrise
१७ जलविद्युतको शेयर अंकितभन्दा कम मूल्यमा, एक महिनामा ३३ कम्पनीको कारोबार २ अर्ब
LBEF

काठमाडौं । शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्य अंकित मूल्यभन्दा कम मूल्य धेरै जलविद्युत कम्पनीहरुको रहेको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत क्षेत्रका कम्पनीहरुको शेयरमा सर्वसाधारणको आकर्षक कम हुदै गएकाले पनि शेयरमूल्यमा कमि आएको हो । फागुन महिनामा यस क्षेत्रका ३३ कम्पनीहरुको शेयर कारोबार भएको छ । यी कम्पनीहरुको २ अर्ब ४ रुपैयाँ करोडभन्दा बढीको १ करोड २१ लाख ७८ हजार कित्ता शेयर कारोबार भएको हो । 

कारोबारमा आएका मध्य १७ कम्पनी अंकित मूल्यभन्दा कम शेयरमूल्य रहेका कम्पनीहरु रहेका छन् । अंकित मूल्यभन्दा पनि कम मूल्य भएका कम्पनीहरु कतिपय विद्युत उत्पादन गरिरहेका हुन भने कतिपय आयोजना निर्माणका चरणमा रहेका कम्पनीहरु हुन ।

 विद्युत विक्री गरिरहेका तर राम्रो नाफा आर्जन गर्न नसकेका कम्पनीको शेयरमा लगानीकर्ताहरुको आकर्षण घटेको हो । कम मूल्यका कम्पनीहरुको शेयर कारोबार हुनुले पनि आम लगानीकर्ता भविश्यका लागि यी कम्पनीहरु वाट आशावादी रहेको देखिन्छ । फागुन महिनामा अपि पावर कम्पनी र अरुण कावेली पावरको शेयर कारोबार भएको छ ।

अपि पावरको १८ लाख कित्ताभन्दा बढी र अरुण कावेलीको १९ लाख कित्ताभन्दा बढी शेयर खरिद विक्री भएको छ । अपि पावरको ५ प्रतिशत बोनस शेयर र आगामी दिनमा जारी गर्ने हकप्रदका लागि लगानीकर्ताले शेयर सुरक्षित गरेको देखिन्छ भने अरुण कावेलीको दोस्रो त्रैमासको उल्लेख्य नाफाका कारण लगानीकर्ता आकर्षित भएका हुन । गत वर्ष रू.२५ लाख ५१ हजार नाफा गरेको अरुण कावेलीले यस वर्ष रू. ४ करोडभन्दा बढी नाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस