aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

भारतमा एक व्यक्तिको कारण ४० हजार मानिस क्वारेन्टाइनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
Sunrise
भारतमा एक व्यक्तिको कारण ४० हजार मानिस क्वारेन्टाइनमा
LBEF

भारत । भारतका अधिकारीहरूले कोभिड‍ १९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखेका छन्।

त्यँहा ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको संक्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र कारण खुलेको हो।

अधिकारीहरूकाअनुसार इटली र जर्मनीबाट फर्किएका सिख समुदायका एक स्थानीय धर्मगुरूले आफ्नै घरमा क्वारेन्टाइनमा बस्न मानेका थिएनन्।

भारतमा संक्रमितको संख्या एक हजार नाघिसकेको छ। पञ्जाबमा मात्र ३० जना सङ्क्रमित भएको पुष्टि भएको छ।

तर विज्ञहरू सङ्क्रमितको संख्या त्यो भन्दा निकै बढी हुनसक्ने त्रासमा देखिन्छन्। भारत विश्वमै निकै कम परीक्षण दरभएको देशमा पर्छ तर त्यसलाई तीब्रता दिने प्रयास जारी छ। एक अर्ब ३० करोड जनसंख्या भएको भारतमा महामारी भएमा त्यसले विपत्ति निम्त्याउने डर देखिन्छ।

बलदेव सिंह नाम पहिचान भएका ती व्यक्ति ज्यान गुमाउनु केहीअघि मात्र ठूलो भिड जम्मा हुने सिख समुदायको पर्व होला मोहल्लामा सहभागी भएका थिए। ६ दिनसम्म चल्ने उक्त उत्सवमा दैनिक १० हजार जति मानिस सहभागी हुने गर्छन्। उनको मृत्यु भएको एक सातापछि उनका १९ जना नातेदारमा सङ्क्रमण पुष्टि भएको थियो।

हालसम्म उनको प्रत्यक्ष सम्पर्कमा आएका ५५० जना मानिसको पहिचान गरेका छौँ र त्यो संख्या बढ्दो छ, एक वरिष्ठ अधिकारीले बताएका छन् ।

भारतमा सङ्क्रमितका कारण ठूलो समूहलाई क्वारेन्टाइनमा रहनु परेको पहिलो पटक होइन। अर्को प्रदेश राजस्थानस्थित टेक्सटाइल सहर भिलवारामा एकजना बिरामीबाट सङ्क्रमित डाक्टरहरूको एउटा समूहले सयौँ मानिसहरूमा सार्न सक्ने चिन्ता देखिएको छ। उक्त सहरको छिमेकी गाउँहरूमा सात हजार मानिसहरू घरभित्रै क्वारेन्टाइनमा छन्।

भारतमा २१ दिनको निम्ति लकडाउन घोषणा गरिएको छ। तर मानिसहरू खानेकुरा र औषधी जस्ता अत्यावश्यक सामग्री किन्न बाहिर जान पाउँछन्। बीबीसीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस