aarthiknews.com सोमबार, १२ जेठ २०७७   Monday, 25 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

म्यादी बीमामा नयाँ नियम लागू, ६ महिनाको मात्र बीमा शुल्क लिन निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
Sunrise
म्यादी बीमामा नयाँ नियम लागू, ६ महिनाको मात्र बीमा शुल्क लिन निर्देशन
LBEF

काठमाडौं । वैदेशीक रोजगारीमा जाने नेपालीहरुले गर्न पर्ने म्यादी बीमालाई बीमा समितिले सहज बनाएको छ । कोरोना भाइरस अर्थात कोभिड १९ का कारण विश्वभरी रहेका नेपाली श्रमिकमा परिरहेको समस्यालाई सम्बोधन गर्दै भुक्तानी प्रणाली र कागजातका विषयमा नयाँ नियम लागू गरेको बीमा समितिले जनाएको छ । 

वैदेशीक रोजगारमा जान चाहनेलाई बीमा कम्पनीले म्यादी बीमा पोलिसी जारी गर्दा लाग्ने भुक्तानीलाई चेक, अनलाइन प्रणलीबाट भुक्तानी दिन मिल्ने बनाउन समितिले निर्देशन दिएको छ । श्रम स्विकृति लिनका लागि आवश्यक पर्ने कागजात अनलाइन वा डिजिटल कपी नै पेश गर्न मिल्ने व्यबस्था मिलाउन समेत आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको  छ । 

म्यादी बीमा ६ महिनाको मात्र जारी गर्न र उक्त अवधिको मात्र शुल्क लिन पनि समितिले विज्ञप्तिमा उल्लेख गरेको छ । विदेशमा रहेका नेपालीहरुको बीमा नविकरण वा विदेशमा भिसा लगाउदा आवश्यक पर्ने बीमा सम्बन्धीको भुक्तानी अनलाइन सेवाप्रदायकबाट व्यबस्था गर्न समितिले भनेको छ । 

प्रतिक्रिया दिनुहोस