कोरोना प्रभावले ह्वात्तै घट्यो बिजुलीको माग - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

कोरोना प्रभावले ह्वात्तै घट्यो बिजुलीको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
Sunrise
कोरोना प्रभावले ह्वात्तै घट्यो बिजुलीको माग
LBEF

काठमाडौं । मुलुक लकडाउनमा गएपछि आर्थिक गतिविधि ठप्प छन्। यतिखेर विद्युत् माग ह्वात्तै घटेको छ। विद्युत् उत्पादन १३ सय मेगावाटभन्दा माथि छ भने खपत यति बेला ६२५ मेगावाटको हाराहारीमा छ। विद्युत् प्राधिकरणका निर्देशक प्रवल अधिकारीका अनुसार लकडाउनपछि विद्युत् प्रणालीमा उच्चतम माग (पिक डिमान्ड) ९०० मेगावाट छ। 

त्यो पनि राति जम्माजम्मी २५ मिनेटका लागि मात्र हो। दिनभर सामान्यतः माग ६२५ मेगावाटको हाराहारीमा छ। देशभर रातिको माग जम्मा ४०० मेगावाट छ भने उपत्यकाको माग पनि निकै झरेको छ।

लकडाउनअघि काठमाडौं उपत्यकाको सामान्य माग दैनिक ४५० मेगावाट हुन्थ्यो। यो माग पनि आधा घण्टाका लागि मात्र हो। त्यसपछि रातमा उपत्यकाको माग जम्मा १४० मेगावाट रहेको अधिकारीले जानकारी दिए। लकडाउनको भोलिपल्ट बुधबारसम्म भारतबाट २७९ मेगावाट बिजुली आयात हुँदै आएको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस