भन्सारमा चहलपहल बढ्दै, सय भन्दा बढी ग्यासका बुलेट भित्रिए - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

भन्सारमा चहलपहल बढ्दै, सय भन्दा बढी ग्यासका बुलेट भित्रिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
Sunrise
भन्सारमा चहलपहल बढ्दै, सय भन्दा बढी ग्यासका बुलेट भित्रिए
LBEF

काठमाडौं । कोरोना भाइरसका कारण देश नै लकडाउनमा गएपछि भन्सार विन्दुमा समेत चहलपहल बढ्दै गएको थियो । लकडाउनको पहिलो र दोस्रो दिनभन्दा आज तेस्रो दिन चहलपहल बढ्नुका साथै मालवस्तु आयात समेतमा वृद्धि भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । भन्सार विन्दुमा सुधार भएको छ,’ उनले भने ‘विस्तारै मालवस्तु आयातको क्रम बढ्दो छ ।’ आयात बढेपछि यसको असर राजश्वमा समेत देखिन थालेको छ । 

नेपालका प्रमुख भन्सार नाकाबाट आयात हुने वस्तुको परिमाणसँगै राजश्व रकम समेत घटेको थियो । लकडाउनपछि भन्सार विन्दुमा समेत अन्योलता भएकोले आयात हुने मालवस्तु र राजश्वमा प्रभाव देखिएको थियो,’ उनले भने  ‘आजदेखि सुधार भएको छ ।’आज करिब लकडाउनको अवस्थाभन्दा पहिलाको जस्तै मालवस्तुहरू नेपाल भित्रिएका छन् ।’ दैनिक उपभोग्य वस्तुको आयात रोकिएको थिएन ।’ यसका साथै अन्य मालवस्तुको आयात समेत बढ्दो छ ।’

लकडाउन घोषणा भएपछि वीरगञ्जमा नाकाबाट दैनिक उपभोग्य वस्तु मात्रै आउन थालेका थिए, तर अहिले अन्य मालवस्तु समेत आयात भएको छ । उक्त भन्सारबाट यो अवधिमा ८४ बुलेट, २८ हजार लिटर पेट्रोल र २७ लाख लिटर डिजेल आयात भएको भन्सार छ । अन्य उपभोग्य वस्तुको आयात सन्तोषजनक भएपनि औद्योगिककच्चा पदार्थ र निर्माण सामाग्रीको आयात भने निकै कम रहेको भन्सार कार्यालयले जनाएको छ । राजश्वतर्फ सोमबार २८ करोड रुपैंयाँको संकलन भएकोमा मंगलबार ७ करोड ६० लाख राजश्व संकलन भएको थियो । बुधबार पनि सोही हाराहारीमा आयात भएको कार्यालयले जनाएको छ । 

विराटनगर भन्सारले भने बिहीबार उल्लेख्य राजश्व संकलन गरेको छ । यो अघिल्ला दुई दिन भन्दा निकै बढी हो । त्यहाँ बुधबार ३ करोड ८५ लाख रुपैयाँ, मंगलबार ३ करोड रुपैयाँ तथा सोमबार ६ करोड ५९ लाख रुपैंयाँ राजश्व संकलन भएको थियो । पाम आयलको आयातका कारण बिहीबारको राजश्व सुधार भएको हो । सो भन्सारबाट २३ ट्रक अप्रशोधित पाम आयल, १० ट्रक कोइला र अन्य उपभोग्य सामाग्रीका गाडीहरु नेपाल भित्रिएको छ । यद्यपि आजको आयात पनि सामान्य अवस्थाको भन्दा आधा भन्दा पनि कम हो ।

‘सामान्य समयमा डेढ दुई सय भन्सार नाकाबाट पास हुने गरेको थियो । अहिले ७०/७५ वटा आउन थाल्यो, लकडाउनको प्रभाव परेको छ । तर, दैनिक उपभोग्य वस्तुको आयात रोकिएको छैन’ विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव प्रसाद भण्डारीले भने । भैरहवा भन्सार कार्यालयले मंगलबार ८० वटा गाडीको जाँचपास गरेर नेपालछिर्ने अनुमति दिएको थियो । शुक्रबार ९३ वटा गाडी नेपाल भित्रिएका थिए । शुक्रबार भने १७० वटा गाडीले नेपालप्रवेश गर्ने अनुमति पाएका छन् । उक्त सवारी साधनमध्ये १३ वटा एलपी ग्यास बुलेट छन् । 

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार भारतीय भन्सार कार्यालयले २/३ दिनदेखि मालबाहक गाडी छुटिरहेका थिएनन् । यसको कारण समस्या देखिएको थियो । आज दुबै भन्सार कार्यालय प्रमुखबीच छलफल भएपछि अघिल्लो दिनहरुमा भन्दा बढी गाडीहरु नेपाल आएको बताए । त्यही कारण उल्लेख्य राजश्व समेत संकलन भइरहेको जानकारी दिए ।

भैरहवा भन्सार कार्यालयबाट आज दिनभर १७० वटा गाडी नेपाल भित्रिएका छन् । आज २ करोड ९३ लाख राजश्व संकलन भएको थियो । हिजो बुधबार ९३ गाडी नेपाल प्रवेश गरेका थिए । सो मालवस्तुबाट कार्यालयले १ करोड ९३ लाख राजश्व संकलन  गरेको छ । ११ गते मंगलबार नेपाल लकडाउन भएको पहिलो दिन ८० वटा गाडी नेपाल भित्रिएको र यसबाट १ करोड ४८ लाख राजश्व संकलन भएको लम्सालले बताए । उनका अनुसार ११ गते ७ वटा,१२ गते ६ वटा र १३  गते १३ वटा बुलेट उक्त भन्सार कार्यालयबाट नेपाल भित्रिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस