६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेके - Aarthiknews
aarthiknews.com सोमबार, ०२ भदौ २०७६   Monday, 19 August, 2019
 

६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेके

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ जेठ २०७६
Sunrise bank
६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेके
LBEF
NCH-IPS

उचित मौसमसँगै मङ्गलबारदेखि चढ्न सुरु गरेको सगरमाथामा बिहीबारसम्म आठ गाइड टोली सहित ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् ।
पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेका छन् पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् ।

सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले र लोत्से हिमाल आरोहणका लागि ६ समूहका ६६ ले पर्यटन विभागबाट अनुमति पाएका छन् । बङ्गालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने सङ्केत देखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । सगरमाथा आरोहण मङ्गलबारदेखि खुला गरिएको थियो ।

सन् १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेपछि आरोहण शुरु भएको हो । सरकारले यो वर्ष ४० करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस