बीमा कम्पनीलाई समितिको निर्देशनः चैत मसान्तसम्म कुनै शुल्क नउठाउनु - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

बीमा कम्पनीलाई समितिको निर्देशनः चैत मसान्तसम्म कुनै शुल्क नउठाउनु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
Sunrise
बीमा कम्पनीलाई समितिको निर्देशनः चैत मसान्तसम्म कुनै शुल्क नउठाउनु
LBEF

काठमाडौं । जीवन बीमा कम्पनीलाई चैत मसान्तसम्म कुनै पनि शुल्क नउठाउन बीमा समितीले निर्देशन दिएको छ । बिहिवार बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको समितिले सबै बीमा कम्पनीको नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

त्यस्तै, परिस्थती सामान्य भएपछि मात्र विना व्याज सो शुल्क संकलन गर्न समितीले निर्देशन दिएको छ ।  

कोरोना भाइरसको प्रभावले देश लकडाउन भएको अवस्थालाई मध्यनजर गर्दै समितिले यस्तो निर्देशन दिएको हो।  साथै बीमा अवधि समाप्त भएको बीमा लेखकको हकमा सम्वन्धित बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण हुने व्यवस्था गर्न समितिले भनेको छ । 

निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दावी भुक्तानीका लागि विद्युतीय माध्यममार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति एकीन गरी दावी भुक्तानी गर्ने व्यवस्था मिलाउन भनिएको छ।

प्रतिक्रिया दिनुहोस