इन्डक्सनमा खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

इन्डक्सनमा खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
Sunrise
इन्डक्सनमा खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट
LBEF

काठमाडौं । सरकारले ‘लकडाउन’को समयमा विद्युतीय चुह्लो (इन्डक्सन)मा खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ। खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउनेलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने निर्णय गरेको हो। 

मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरेर इन्डक्सन चुह्लो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन्। 

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। मन्त्री पुनले ग्यासमा भन्दा सस्तो पर्ने भएकाले उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरेका छन्। 

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ। 

बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर पिक आवरमासमेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ। 

यसअघि बुधबार बसेको नोभेल कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुह्लो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस