aarthiknews.com मंगलबार, ०६ असोज २०७७   Tuesday, 22 September, 2020
 
Bajaj_Bike
Tasen

अब आधा सिलिण्डर मात्र ग्यास पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
अब आधा सिलिण्डर  मात्र ग्यास पाइने
LBEF

काठमाडौं । माग अनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आयल निगमले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको छ । निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । 

निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघले जनाएको छ ।

यसअघि सिलिण्डरमा १४ दशमलब दुई केजी ग्यास बिक्री हुँदै आएकोमा अव सात दशमलब एक केजी मात्रै दिने भएको हो । यसअघि भारतले गरेको नाकाबन्दीको समयमा पनि आधा सिलिण्डर ग्यास उपलब्ध गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस