'लकडाउन' अवज्ञा गर्ने १ सय ५० जना सिन्धुपाल्चोकबाट नियन्त्रणमा - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

'लकडाउन' अवज्ञा गर्ने १ सय ५० जना सिन्धुपाल्चोकबाट नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
Sunrise
'लकडाउन' अवज्ञा गर्ने १ सय ५० जना सिन्धुपाल्चोकबाट नियन्त्रणमा
LBEF

काठमाडौं । सिन्धुपाल्चोकका विभिन्न स्थानमा नेपाल सरकारले  कोरोना सङ्क्रमण न्यूनीकरण गर्नका निम्ति घोषणा गरेको लकडाउन अवज्ञा  गर्ने १५० जना भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मेलम्ची इलाका प्रहरी कार्यालयका प्रमुख फलबहादुर तामाङले लकडाउन अवज्ञा गर्ने मेलम्ची क्षेत्रका मात्रै ३० जनाभन्दा बढी बजारबासीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
  
नियन्त्रणमा रहेकाहरुलाई लकडाउनको औचित्यका बारेमा ३० मिनेट कक्षा लिएर पठाउने गरिएको र जबर्जस्ती गर्नेलाई सङ्क्रमण रोग  ऐन २०२० अनुसार कारवाही चलाइने सिन्धुपाल्चोकका डिएसपी माधव काफ्ले बताए ।

नागरिककै हितका निम्ति कोरोना भाइरस  सङ्क्रमणबाट बचाउन गरिएको लकडाउन पूर्णरुपमा पालन गर्न आग्रह गर्दै कडाइका साथ सीमा क्षेत्रमा प्रहरी परिचालन गरिने जानकारी प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले  दिए ।

प्रतिक्रिया दिनुहोस