aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

नोटहरू संक्रमणरहित बनाएरमात्रै प्रयोगमा ल्याइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
नोटहरू संक्रमणरहित बनाएरमात्रै प्रयोगमा ल्याइने
LBEF

काठमाडौं । अर्थ मन्त्रालयले बैंकहरुमा संकलन हुने नोटलाई संक्रमणरहित गरेर मात्रै प्रयोगमा ल्याउने  समेत निर्देशन दिएको छ । नोटबाट कोरोना सर्न सक्ने सम्भावना देखिएपछि  अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक र सबै बैंक वित्तीय संस्थालाई संक्रमणरहित नोटमात्र प्रयोग ल्याउन आग्रह गरेको छ । 

समितिको बैठकले नोटमार्फत विश्वव्यापी महामारीको कारण बन्दै आएको कोरोना भाइरस (कोभिड १९) संक्रमण हुनसक्ने भएकाले संक्रमणरहित बनाएरमात्र प्रयोगमा ल्याउन नेपाल राष्ट्र बैंक र सबै बैंक वित्तीय संस्थालाई आग्रह गर्ने निर्णय गरेको हो ।

त्यस्तै , कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा प्रयोग हुने स्वास्थ्य सेवा विभागले सुचिकृत एवं सिफारिस गरेका मेडिकल सप्लाई र मेडिकल इक्वीपमेन्टहरु आयातमा टीटीको माध्यमबाट आयात गर्दा हाल कायम रहेको विदेशी मुद्राको सीमा लागू नहुने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई अर्थमन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना सम्वन्धी अन्य अत्यावश्यक स्वास्थ्य सामग्री स्वास्थ्य उपकरण प्रतितपत्रको माध्यमबाट पैठारी राख्नुपर्ने धरौटीको रकमको सम्वन्धमा राष्ट्र बैंकले पुनर्विचार गरी सहजीकरण गर्ने निर्णय गरिएकोे छ । 

प्रतिक्रिया दिनुहोस