अमेरिकी डलरको भाउ घट्न थाल्यो, यस्तो छ आजको भाउ - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

अमेरिकी डलरको भाउ घट्न थाल्यो, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
Sunrise
अमेरिकी डलरको भाउ घट्न थाल्यो, यस्तो छ आजको भाउ
LBEF

काठमाडौं । अमेरिकी डलरको भाउ घट्न थालेको छ । बिहीबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ७२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो अर्थात् एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो । 

मङ्गलबारको भाउमा ५१ पैसाले घटेर बुधबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ८३ पैसा तोकिएको थियो । बिहीबार त्यसमा पनि ११ पैसाले घटेको हो । 

आज अमेरिकी डलर १ को खरिददर १ सय २१ रुपैयाँ १२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस