आइएमएस ग्रुपले ५० हजार मास्क सरकारलाई दियो, अस्पताललाई आज दिने - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

आइएमएस ग्रुपले ५० हजार मास्क सरकारलाई दियो, अस्पताललाई आज दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
Sunrise
आइएमएस ग्रुपले ५० हजार मास्क सरकारलाई दियो,  अस्पताललाई आज दिने
LBEF

काठमाडौं ।  आईएमएस  ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ ।लाई बुधबार ५० हजार मास्क हस्तान्तरण गरेको छ ।  आईएमएस  ग्रुपले दैनिक ७० हजार प्रति मास्क उत्पादन गर्ने भनेपनि मजदुरको अभावमा अहिले ५० हजार प्रति दैनिक माक्स उत्पादन भइरहेको आईएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले बताए । 

‘माक्सको फित्ता सिलाउने जनशक्ति कम हुँदा माक्स तयार हुन समय लाग्ने देखिएको छ,’ उनले भने ‘ माक्सको फित्ता सिलाउने ३५ जना थिए, २५ जनामात्रै छन् । सो जनशक्तिमध्ये ३ जना नेपाली मात्रै काममा आएको उनले बताए । २२ जना त भारतीय हुन्, उनीहरूले काम गरिरहेका छन् ।’ जनशक्ति कम भएपनि मास्क उत्पादन रोकिदैन ।’ ‘हिजो आइतबादेखि शुरु उत्पादन भएको माक्स नर्भिक, क्यान्सर अस्पताल, स्वास्थ्य विभागलाई वितरण गरेको अध्यक्ष मलहोत्राले जानकारी दिए । 

आईएमएस गु्रपले उत्पादन गरेको मास्क आजदेखि स्वास्थ्यकर्मीलाई वितरण गरिने भएको भएको छ । ग्रुपका अध्यक्ष मलहोत्राले अहिले उत्पादन भएको मास्क स्वास्थ्य मन्त्रालय अन्तरगतका विभागलाई दिने बताए । ‘लकडाउनको यो अवस्थामा स्वास्थ्यकर्मीलाई सबैभन्दा बढी माक्स आवश्यक पर्ने भएकोले स्वास्थ्य मन्त्रालयलाई माक्स उपलब्ध गराउन लागेको उनले भने ।’ 

काठमाडौं महानगरले पनि मास्क मागेको छ,’ उनले भने ‘म मेयर सायव (विद्यासु्नदर शाक्य) लाई फोन नै गरेर माक्स दिन्छु ।’ त्यस्तै नेपाल चेम्बर अफ कमर्शका जिल्ला शाखाहरुबाट पनि मास्कको माग आइरहेको उनले बताए ।  मोबाइल बजारमा ख्याती कमाएको सामसुङ मोबाइल बिक्रेता आईएमएस ग्रुपले उपभोक्तालाई ५ रुपैयाँमा मास्क उपलब्ध गराउने योजना बनाएको थियो । 

सामसुङ मोबाइलको नेपालभर ३१ वटा मोबाइल आउटलेट छन् । त्यहि आटलेटबाट आम उपभोक्तालाई दैनिक २० वटाको दरले माक्स उपलब्ध गराउने भनिएको थियो । ग्रुपले उपलब्ध गराउने मास्क किन्नको लागि सेलपेबाट पैसा भुक्तानी गर्नुपर्छ ।अध्यक्ष मलहोत्राले उत्पादन लागतभन्दा २ रुपैयाँ कममा आम उपभोक्तालाई राहत स्वरुप मास्क उपलब्ध गराउन लागेकोले माक्सको कालोबजारी नहोस् भन्नका लागि सेलपेमार्फत पैसा तिर्ने व्यवस्था मिलाएको हो ।  

प्रतिक्रिया दिनुहोस