म्यूचुअल फण्डबाट २ अर्ब ३७ करोड ७३ लाखको कर किन उठेन ? - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

म्यूचुअल फण्डबाट २ अर्ब ३७ करोड ७३ लाखको कर किन उठेन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ बैशाख २०७६
Sunrise bank
म्यूचुअल फण्डबाट २ अर्ब ३७ करोड ७३ लाखको कर किन उठेन ?
LBEF

महालेखा परिक्षकको कार्यालयले सामूहिक लगानीकोष (म्युचुअल फण्ड) हरुलाई पनि करको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

५६ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आयकर ऐनले म्युचुअल फण्डहरुलाई अग्रिम कर कट्टी गर्नु नपर्ने व्यवस्था गरे पनि कर छुट पाउने संस्थाभित्र म्युचुअल फण्डहरु नपर्ने निष्कर्ष निकालेको हो । आयकर ऐन अनुसार वित्तीय संस्था वायस्ता निकायको कर योग्य आयमा ३० प्रतिशत कर लाग्ने स्पष्ट व्यवस्था हुँदा हुँदै सरकारले किन उक्त ऐन अनुसार कर उठाउन सकेन महालेखापरिक्षक टंकमणी दंगाल शर्माले पत्रकार सम्मेलनमा प्रश्न गरेका थिए ।

धितोपत्र व्यवसीले हित निसर्ग गर्दा अग्रिम कर कट्टी नगरेको र आर्जित नाफा सम्बन्धीत कोषका धनीबीत बाँडफाँट गर्दा समेत कर कट्टा नगरेको महालेखाले उल्लेख गरेको छ । मित्रराष्ट्र भारतमा यस्ता म्युचुअल फण्डहरुलाई आयकर नलागे पनि सोको प्रतिस्थापनको रुपमा कारोबारमा आधारित कर लगाएको महालेखाले प्रष्ट पारेको छ ।

नेपालको सम्बन्धमा म्युचुअल फण्डहरुले आफ्नो आम्दानीमा ३० प्रतिशत कर तिर्नुपर्नेमा ७ म्युचुअल फण्डहरु आयकरमा दर्ता नभएको र लाग्ने करपनि दाखिला नगरेको महालेखाले जानकारी दिएको छ ।

यसर्थ यी कारोबारकर्ताको कारोबार क्षेत्र पहिचान गरी ती निकायहरुको तीन आर्थिक वर्ष २०७१र७२, २०७२र७३, र २०७३र७४ को नाफा २ अर्ब ३७ करोड ७३ लाख रूपैयाँमा लाग्ने कर ७१ करोड १४ लाख सम्बन्धमा छानबिन गरी असुल गर्नुपर्ने महालेखाको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस