अनलाइन आएपछि बजार झन् घटेकोले, नेप्से घेर्न पुगेका लगानीकर्तालाई जिएमले के भने ? - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 
अनलाइन आएपछि बजार झन् घटेकोले, नेप्से घेर्न पुगेका लगानीकर्तालाई जिएमले के भने ?

अनलाइन आएपछि बजार झन् घटेकोले, नेप्से घेर्न पुगेका लगानीकर्तालाई जिएमले के भने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ मंसिर २०७५
Sunrise bank
अनलाइन आएपछि बजार झन् घटेकोले, नेप्से घेर्न पुगेका लगानीकर्तालाई जिएमले के भने ?
LBEF
NCH-IPS

काठमाडौं मंसिर ५ । नेपाल पूँजी बजार लगानीकर्ता संघले अनलाइन प्रणालीमा सुधार नभएको अनलाइन सुरू भएपश्चात् नेप्से झनै अाेरालाे लाग्दै गएकाे भन्दै नेपाल स्टक एक्सचेन्जको ध्यानाकर्षण गराएको छ।

कारोबार प्रणालीको स्तरोन्नति गरेको एक साताभन्दा धेरै हुँदा पनि समस्या समाधान गर्न नेप्से जिम्मवार नदेखिएको भन्दै लगानीकर्ता संघले ध्यानाकार्षण गराएकाे हाे ।

साेही क्रममा नयाँ प्रविधि सुरु भएपछि झनै सहज हुनुपर्ने हो की झनै समस्या बढ्ने हो ? अनलाइन कारोबार प्रणाली लगानीकर्तालाई सहज भन्दा पनि जटिलता थपेको उनीहरूको भनाइ छ ।

संघले मंगलबार नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई भेटर ज्ञापन पत्र बुझाएको थियाे । ज्ञापन पत्रमा भनिएको छ अनलाइन प्रणाली आउँदा अन्तर्राष्ट्रिय शेयर बजारमा ६० प्रतिशतसम्म बजार बढेको र नेपालमा पनि बजार बढ्ने आशा गर्दै लगानीकर्ताले लगानी गरेका थिए । तर अनलाइन आएपछि बजार झन् घटेकोले लगानीकर्ता निरास भएका छन ।

बुधबारसम्ममा नेप्सेका समस्या पूर्णरूपमा समाधान नभए आन्दोलन गर्ने चेतावनी लगानीकर्ताले दिएपछि भने नेप्से केही संयम भएको देखिएकाे छ ।

दुई दिनमा बजार सुधार नभएमा हजारौं लगानीकर्ताले नेप्से घेराउ गर्ने भन्दै नेप्से पुगेका थिए । महाप्रवन्धक साउदले अनलाइन प्रणालीमा सुधार हुँदै गएको हुँदा नआत्तिन अनुरोध गरेका थिए।

संघकी अध्यक्ष राधा पोखरेलले चाँडो लगानीकर्ताको हातमा अनलाइनमा ल्याउन आग्रह गरिन्। यस अघि नेपाल इन्भेष्टर फोरमले पनि नेप्सेमा गएर अनलाइन प्रणालीमा सुधार गर्ने अनुरोध गरेको थिया ।

प्रतिक्रिया दिनुहोस