aarthiknews.com विहीबार, १५ असोज २०७७   Thursday, 01 October, 2020
 
Bajaj_Bike
Tasen

बेलायती युवराज चार्ल्समा कोरोना सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
बेलायती युवराज चार्ल्समा कोरोना  सङ्क्रमण
LBEF

काठमाडौं । बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टी भएको बीबीसीले जनाएको छ । अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जनाए अनुसार अनुसार उनकी पत्नी क्यामिल्लामा  कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

७१ वर्षीय राजकुमार चार्ल्समा कोरोनाका प्रारम्भिक लक्षणहरु देखिएपछि परिक्षण गरिएको थियो । उनि अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । 

उनीहरुले १३ दिन अघि बेलायती महारानीलाई भेटेका थिए । तर, महारानीमा भने कुनै लक्षण देखिएको छैन । चार्ल्सलाई सङ्क्रमण कसरी भयो भन्ने चाहीं खुलेको छैन । 

 

प्रतिक्रिया दिनुहोस