कोरोना संक्रमित धादिङका ३२ वर्षिय युवक कतारबाट आएको खुलासा - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

कोरोना संक्रमित धादिङका ३२ वर्षिय युवक कतारबाट आएको खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
कोरोना संक्रमित धादिङका ३२ वर्षिय युवक कतारबाट आएको खुलासा
LBEF

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार नियमित पत्रकार सम्मेलन गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिए ।

ती युवक काठमाडौं आएपछि होटलमा बसेका र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका स्वास्थ्यमन्त्री ढकालले जनाएका छन् । 

उनका अनुसार संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएको रिपोर्टमा पोजेटिभ देखिएको हो । 

उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस