‘लकडाउन’मा काठमाडौं उपत्यका तीन जिल्लामा यस्तो देखियो (फोटोफिचर) - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

‘लकडाउन’मा काठमाडौं उपत्यका तीन जिल्लामा यस्तो देखियो (फोटोफिचर)

  • लालकाजी तामाङ
    लालकाजी तामाङ
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
‘लकडाउन’मा काठमाडौं उपत्यका तीन जिल्लामा यस्तो देखियो (फोटोफिचर)
LBEF

काठमाडौं । कोरोनभाइरस (कोभिड–१९)को महामारी फैलन  सन्त्रासका नेपाल यतिबेला ‘लकडाउन’मा रहेको छ । हिजो मङ्गलबारबाट लागू भएको लकडाउनको आज दोस्रो झन कडाईका साथ लागू गरिएको छ । पहिलो दिन भएकाले सरकारले लकडाउन केही खुकुलो गरेको थियो । जसले गर्दा सडकमा मानिसहरुको बाक्लै भीड देखिएको थियो । 

तर, बुधबार भने सरकारले थप कडाइको नीति अख्तियार गरेको छ भने सर्वसाधारणले पनि सरकारको आह्वानलाई पालना गर्दै घरमा नै बसेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लामा केही निजी सवारी साधनहरु कारबाहीमा परेको दृष्यसमेत देखिएको छ ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेपछि सर्वसाधारण घर भित्रै थुनिएका छन् । सडकमा सार्वजनिक तथा निजी सवारी साधन मंगलबारदेखी नै ठप्प रहेकाले संधै व्यस्त रहने सडक पुरै खाली भएका छन् ।

काठमाडौंमा एक जना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेपछि त्रसित अधिकांश सर्वसाधारण घर भित्रै बसेपनि सडकमा फाट्टफुट्ट निस्किएका मानिसलाई समेत प्रहरीले सम्झाएर घर फर्काइरहेको छ ।

मंगलवारको तुलनामा बुधवार, राजधानी काठमाडौका मूल चोक र सडकमा प्रहरीको उपस्थिति बढाइएको छ । फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती युवतीमा कोरोनाको संक्रमण देखिएको विवरण सरकारले सोमबार सार्वजनिक गरेपछि सोही उडानमा यात्रा गरेका तथा उक्त परिवारको सम्पर्कमा पुगेकाहरु पहिचाहन गर्दै निगरानीमा राखिएकाले यो लक डाउनको अवस्था एक सातासम्म कायम रहने भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभर लागु गरेको लक डाउन घटना क्रम र परिस्थिति विश्लेषण गरेर लम्विन पनि सक्ने संकेत गरेपछि सर्वसाधारण अत्यावाश्यक खाद्य तथा उपभोग्य सामाग्री जोहो गर्न तल्लिन छन् ।

स्थानीय बजारमा खाद्य तथा औषधी पसल खुलेका छन् । कोरोना भाइरसको महामारीले त्रासदिपूर्ण परिस्थिति निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी पछि थप सशंकित बनेका सर्वसाधारण, चिकित्सकको परामर्शमा जाने र व्यक्तिगत् सतर्कता अप्नाउने तर्फ पनि निकै सचेत देखिएका छन् ।

कतिपयलाई भने सरकारको निर्णय चित्त बुझेको छैन, जो निर्वाद सडकमा निस्कि रहेका छन् । सुरुमा २५ जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने, अन्तराष्ट्रिय उडानमा निगरानी र नियन्त्रण बढाउने तथा सिमा नाका सिल गर्ने निर्णय पछि सरकारले दोश्रो चरणमा एक साताका लागि देशव्यापी लक डाउन घोषणा गरेको हो ।

तस्वीर आफैं बोल्छ

प्रतिक्रिया दिनुहोस