ट्रम्पको कुरा पत्याएर कोरोना ठीक पार्न खोज्दा श्रीमान् मरे, श्रीमती गम्भीर अवस्थामा - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

ट्रम्पको कुरा पत्याएर कोरोना ठीक पार्न खोज्दा श्रीमान् मरे, श्रीमती गम्भीर अवस्थामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
ट्रम्पको कुरा पत्याएर कोरोना ठीक पार्न खोज्दा श्रीमान् मरे, श्रीमती गम्भीर अवस्थामा
LBEF

१२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस मार्ने औषधी भन्दै एक औषधीको नाम पटक पटक दोहोर्याए पछी सो कुरा पत्याउँदा एक जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

संक्रमितका लागि उपयोगी हुने भन्दै उनले क्लोरोक्वाइन नामक औषधि सिफारिस गरेका थिए । तर , सो औषधी सेवनबाट श्रीमानको ज्यानै गएको छ भने श्रीमती गम्भीर बिरामी परेकी छन् ।

सो औषधि सेवन गरेपछी अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको  र श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । ‘औषधि सेवनको छोटो समयमा नै दम्पती बिरामी परेका थिए,’ एरिजोनमा रहको सिस्टम ब्यानर अस्पतालले भनेको छ ।

क्लोरोक्वाइन माछा राख्ने ट्यांकी सफा गर्ने औषधि हो जुन ६० वर्ष माथिका ति दम्पतीले सेवन गरेका थिए । उनीहरुमा कोरोनाको सङ्क्रमण नभएपनी भाइरस नलागोस् भनेर सो औषधी सेवन गरेका थिए ।

ट्रम्पले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पटकपटक क्लोरोक्वाइनलाई कोरोना भाइरस निको पार्ने औषधि भएको बताएका कारण यो घटना भएप भन्दै अहिले उनको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस