कोरोना कहरः मृत्यु हुनेको संख्या झण्डै १९ हजार, ४ लाख २२ हजारबढि प्रभावित - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

कोरोना कहरः मृत्यु हुनेको संख्या झण्डै १९ हजार, ४ लाख २२ हजारबढि प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
कोरोना कहरः मृत्यु हुनेको संख्या झण्डै १९ हजार, ४ लाख २२ हजारबढि प्रभावित
LBEF

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले विश्वभर झण्डै १९ हजारको ज्यान लिइसकेको छ । वल्डो मिटर डट इन्फोका अनुसार बिहिवार विहानसम्म १८ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ भने ४ लाख २२ हजार ६१४ जना संक्रमित भएका छन् । त्यस्तै १ लाख ८ हजार ८७९ जना सन्चो भएर घर फर्किसकेका छन् ।

 

पछिल्लो समय युरोपमा अनियन्त्रीत देखिएको कोरोनाको प्रभाव अमेरिकामा पनि बढ्दो क्रममा छ। वितेको २४ घण्टामा इटलीमा थप ७ सय ४३ जनाले ज्यान गुमाएपछि, कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।

वितेको २४ घण्टामा स्पेनमा थप ६ सय ८०, फ्रान्समा २ सय ४० जनाले ज्यान गुमाउँदा, बेलायतमा अहिले सम्मकै बढी एकै दिन ८७ जनाको ज्यान गएको छ ।  यो संगै बेलायतमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या ४ सय २२ पुगेको छ । त्यस्तै वितेको २४ घण्टामा नेदरल्याण्डस्मा थप ६३, जर्मनीमा, ३६ र बेल्जीयममा ३४ जनाले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस