डिजीपीएलले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि निःशुल्क दिने - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

डिजीपीएलले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि निःशुल्क दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
डिजीपीएलले कोरोना भाइरसको उपचारमा प्रयोग हुने औषधि निःशुल्क दिने
LBEF

काठमाडौं । COVID-19 को उपचारमा प्रयोगमा आएको (Hydroxychloroquine Sulphate, Brand-Hyquin 200 Tablet) औषधि देउराली जनाता फर्मास्यूटिकल कम्पनीले निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय छ ।  

यस परिप्रेक्ष्यमा हालै विश्वका स्वास्थ्य सम्बन्धि विभिन्न निकायहरुले जारी गरेका Research Publications हरुमा उल्लेख भए अनुसार COVID-19  को उपचारका लागी Hydroxychloroquine Sulphate प्रयोग गर्दा चाडै निको भएका तथ्यहरु प्रकाशित भएको कम्पनीले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कम्पनीले देशमा उत्पन्न यस जटिल परिस्थितिमा माथि उल्लेखित Hyquin 200 Tablet नामक औषधि तुरुन्तै उत्पादन गरि नेपालमा COVID-19  का बिरामीहरुले औषधि नपाएर उपचारबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यले औषधि निःशुल्क उपलब्ध गराउन लागिएको कम्पनीले बताएको छ । करिव १५,००० (पन्ध्र हजार) जना COVID-19 का बिरामीहरुलाई उपचार गर्न पुग्ने गरि ४००,००० (चार लाख) ट्याबलेट ृबजार मुल्य  रु ४८,००,००० (अठ्चालिस  लाख बराबरको) औषधि निःशुल्क रुपमा उपलब्ध गराउने भएको हुदाँ सोही निर्णय जानकारी गराएको छ ।   

प्रतिक्रिया दिनुहोस