ढिला प्रिमियम बुझाउदा बिमालेख व्यतित नहुने, व्याज र जरिवाना समेत नलाग्ने - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

ढिला प्रिमियम बुझाउदा बिमालेख व्यतित नहुने, व्याज र जरिवाना समेत नलाग्ने

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, १२ चैत्र २०७६
Sunrise
ढिला प्रिमियम बुझाउदा बिमालेख व्यतित नहुने, व्याज र जरिवाना समेत नलाग्ने
LBEF

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि बिमा समितिले जीवन बिमा प्रिमियम तिर्न पनि सहुलियत दिएको छ । समितिले बिमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै जीवन बिमा कम्पनीका बिमितले अहिलेको अवस्था सामान्य भएको १५ दिनभित्र बिमा प्रिमियम तिर्न सक्ने व्यवस्था गरेको हो । यसरी ढिला प्रिमियम बुझाउदा बिमालेख व्यतित नहुने र व्याज तथा जरिवाना समेत नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

यसैगरी निर्जिवन बिमा कम्पनीहरूले बिमालेखको अवधि समाप्त हुनुअघि नै पर्याप्त सूचना उपलब्ध गराउन तथा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बिमाशुल्क संकलन गर्न सकिने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले लक डाउन गरेपछि सुरक्षाको उपाय अपनाउदै बिमितहरूलाई सेवा दिन निर्देशन दिइएको समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए । “स्वास्थ्य जोखिम नहुनेगरी सेवा सञ्चालन गर्न निर्देशन दिएका छौं,” उनले भने, “सकेसम्म अनलाइनमार्फत सेवा प्रदान गर्न भनेका छौं ।”

लकडाउनपछि कम्पनीहरूको कार्यालय बन्द भएपनि सेवा भने जारी रहेको छ । कम्पनीहरूले सूचना जारी गर्दै कम्पनीको सेवा लिनका लागि निश्चित व्यक्ति तोकेको जानकारी दिएका छन् । अधिकांश निर्जीवन बिमा कम्पनीहरूले सूचनामा ४९५ जना सम्पर्क अधिकृत तोकेका छन् । उनीहरूलाई घरैबाट अनलाईमार्फत ग्राहकलाई अत्यावश्यक सेवा प्रदान गर्न निर्देशन दिइएको कम्पनीहरूले जनाएका छन् ।

निर्जीवन बिमा कम्पनीहरूले सम्पर्क अधिकृत तोकेर सेवा जारी राखेपनि जीवन बिमा कम्पनीहरूले भने सेवा बन्द गरेका छन् । जीवन बिमा कम्पनीहरूले अवस्था सामान्य नभएसम्म कार्यालय बन्द रहने जनाएका छन् । समितिले जीवन बिमा कम्पनीको बिमा शुल्क उठाउनका लागि अवस्था सामान्य भएपछि १५ दिनको समयसीमा दिन भनेको छ । यसैगरी यस अवधिमा कुनै शुल्क नलिनसमेत कम्पनीहरूलाई निर्देशन दिएको छ ।

हाल बजारमा एक पुनर्बिमा कम्पनीसहित ४० वटा कम्पनीहरूले बिमा सेवा प्रदान गरिरहेका छन् । त्यसमध्ये जीवन बिमा सेवा दिने कम्पनीहरू २० र निर्जीवन बिमा सेवा संचालन गर्ने कम्पनीको संख्या १९ रहेको छ । सरकारको तथ्यांकअनुसार २५ प्रतिशत नेपालीहरू बिमाको पहुँचमा पुगेका छन् । पछिल्लो समय भूकम्पलायतका जोखिका कारण सर्वसाधारणको बिमाप्रति चासो र आकर्षण बढिरहेका कम्पनीका सञ्चालकहरूको दावी छ ।

प्रतिक्रिया दिनुहोस