खाद्यान्न पसल खुल्न दिने सरकारको तयारी, भाटभटेनी, बिगमार्टलाई सकुर्लर आउने - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

खाद्यान्न पसल खुल्न दिने सरकारको तयारी, भाटभटेनी, बिगमार्टलाई सकुर्लर आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
Sunrise
खाद्यान्न पसल खुल्न दिने सरकारको तयारी, भाटभटेनी, बिगमार्टलाई सकुर्लर आउने
LBEF

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पर्सी बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्क वस्तु खदिर गर्न सकिने बताएका छन् ।  राज्यमन्त्री दुगडले आम उपभोक्ताले टोलटोल अत्यावश्यक सामान खरिद गर्न सकिने गरी पसलहरू खुलाउन लागेको बताएका हुन् ।

‘सरकराले तोकेको उक्त समयमा आम उपभोक्ताले आफ्नै टोलमा रहेको पसलबाट खाद्यान्न तथा औषधिलगायतका अत्यावश्यक सामान खरिद गर्ने सक्ने छन्,’ उनले भने ‘निश्चित समयका लागि अत्यावश्यकीय सामानको पसल खुल्छ, उपभोक्ताले सामान पाइदैन भनेर आत्तिनु पर्दैन ।’ 

कोरोनाको संक्रमण फैलिदै जाँदा भोलि बुधबारसम्मका लागि आम उपभोक्ताले अत्यावश्यक सामानको जोह गरेपनि पर्सीदेखि आवश्यकता पर्न सक्छ भनेर निश्चित समय पसल खोल्न दिने निर्णय गर्न लागिएको हो,’ उनले भने ‘बिहीबार बिहान ७ बजेदेखि १२ बजेसम्म नजिकै रहेको खाद्य तथा औषधि पसलबाट आफूलाई आवश्यक सामग्री लिन सक्नु हुन्छ ।’  

दैनिक एक पटकमात्र यस्ता पसल खोल्दा अप्ठ्यारो परेमा बिहान र बेलुका गरी दुई पटक अत्यावश्यकी वस्तु राखिएको पसल खोल्न मिल्ने गरी निर्णय गर्न लागिएको उनले बताए । भोलि  सरकारले यो निर्णय गर्ने छ, आज यस विषयमा छलफल भएको छ । साथै सरकारले भाटभटेनी, बिगमार्ट, सेलवेयज पनि खोल्न अनुमति दिने तयारी गरेको छ । खाद्यान्न बिक्रि गर्ने स्टोरहरूलाई भोलि सरकारले सर्कुलर जारी गरेर पसल खोल्न अनुमति दिन लागेको राज्यमन्त्री दुगडले बताए । 
 

प्रतिक्रिया दिनुहोस