बैंकमा नआउनुस्, इलेक्ट्रोनिक पेमेन्ट गर्नुस्ः अध्यक्ष बैंकर्स संघ - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

बैंकमा नआउनुस्, इलेक्ट्रोनिक पेमेन्ट गर्नुस्ः अध्यक्ष बैंकर्स संघ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
Sunrise
बैंकमा नआउनुस्, इलेक्ट्रोनिक पेमेन्ट गर्नुस्ः अध्यक्ष बैंकर्स संघ
LBEF

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आम ग्राहकलाई बैंकमा नआउन आग्रह गरेका छन् । सकभर मोबाइल बैकिङजस्ता इलेक्ट्रोनिक कारोबार गर्न, नसके पनि एटीएमबाट काम चलाउन दाहालले आग्रह गरेका हुन् । दैनिक कार्यमा कर्मचारी आउँदा जोखिम बढ्ने देखिएपछि  बैकर्सहरूले कार्डबाटै काम चलाउन ग्राहकलाई आग्रह गरेका हुन् ।

बैंकमा ग्राहक आउँदा कोभिड १९ को जोखिम बढ्न सक्ने सम्भावना देखिएकोले बैंकर्सहरूले मोबाइल बैकिङ कारोबारलाई जोड दिएका हुन् । ‘हामी यस विषयमा राष्ट्र बैंकसँग छलफल गछौं,’ उनले भने ‘भरसक बैंक नखोल्ने हाम्रो योजना हो ।’ तरपनि बैंक खोल्ने भनेको सुरक्षामा सावधानी अपनाएर खोल्ने हो,’ उनले थपे ‘माक्स, ग्लोब, स्यानिटाजर सबैको व्यवस्था मिलाइएको छ ।’ डराउनु पर्ने अवस्था छैन, तर पनि सकेसम्म नखोल्न पाए हुन्थ्यो भन्ने हो ।’ केही गरी ग्राहक आउनु भयो भने गाह्रो हुन्छ ।’

बैंक खोलेपनि एउटा जिल्लामा एउटामात्र बैंक शाखाबाट खोल्ने उनले बताए । सानिमा बैंकले काठमाडौंको केद्रीय कार्यालय रहेको स्थान नक्साल, ललिपुरको कुमारी पाटी र भक्तपुरको एक÷एक शाखामात्र सञ्चालन गर्ने जानकारी दिए । ‘पोखरामा सानिमा बैंकको चारवटा शाखा छन्, त्यसमध्ये एउटामात्र शाखा खोल्ने निर्णय भएको छ ।’

अहिलेसम्म सानिमाले जस्तै अन्य बैंकले पनि कममात्र शाखा खोलेर निश्चित कर्मचारीबाट बैंक चलाउने सल्लाह भएको छ ।  बिहान ११.०० बजेदेखि १.०० बजेसम्म क्यास काउण्टरमात्र खुल्छ,’ उनले भने । उनका अनुसार आज मंगलबार पनि बाहिरी जिल्लामा खुलेका बैंक शाखामा फाटफुट्टमात्र ग्राहक आएका छन् । एटीएमबाटै काम चलाउन सकिने अवस्था पनि छ,’ उनले थपे ‘हामीले एटीएम मेशिनलाई ‘स्प्रे र स्यानिटाइज’बाट समय÷समयमा सफा गर्छौ ।’ 
 

प्रतिक्रिया दिनुहोस