aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

गुडविल फाइनान्सको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
Citizen life
nabil bank
गुडविल फाइनान्सको ऋणपत्र बाँडफाँट
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आइतवार ऋणपत्र बाँडफाँट गरेको छ । कम्पनीले फागुन २८ गतेदेखि चैत २ गतेसम्म २५ करोड बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।

  कम्पनीले २५ कित्तादेखि ४४० कित्तासम्मका लागि आवेदन दिनेलाई माग गरे बमोजिम, ४९९ कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिनेलाई ९९५ कित्ताका दरले र बाँकी रहेको ११० कित्ता ऋणपत्र ४९९ कित्तादेखि ५०० कित्तासम्म माग गर्ने लगानीकर्तालाई एउटै समूहमा राखी गोलाप्रथाद्वारा बाँडफाँड गरेको छ ।

 साथै, परिपत्र विधिमार्फत आवेदन दिनेको हकमा आंशिक बाँडफाँटमा नपरेका आवेदकको ऋणपत्र बापतको रकम कम्पनीले आवेदकले उल्लेख गरेको बैंक खातामा चैत १० गतेदेखि आईपीएस मार्फत जम्मा गरिदिने जानकारीे गराएको छ । कम्पनीको विक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस