भरतपुरको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु, संक्रमण पुष्टि हुन बाँकी - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

भरतपुरको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु, संक्रमण पुष्टि हुन बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
Sunrise
भरतपुरको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु, संक्रमण पुष्टि हुन बाँकी
LBEF

काठमाडौं । चितवनको भरतपुर स्थित कोरोना विशेष अस्पतालमा एक युवको मृत्यु भएको छ । उनलाई केहि दिन आघि मात्र कारोनाको आशंकामा चितवन मेडिकल कलेजबाट सो अस्पतालमा पठाईएको थियो । 

कोरोना विशेष अस्पताल सम्बद्ध समाचार सुत्रका अनुसार उनको मंगलवार विहान ७ बजे मृत्यु भएको हो । मृतक विरगञ्ज निवासी ३० बर्षिय युवक भएको र उनी उच्च ज्वरो तथा रुघाखोकीबाट ग्रसित रहेका थिए । हाल उनको सव अस्पतालमै राखिएको छ भने सोमबार संकलन गरिएको उनको घाटिको र्याल आज मात्र परिक्षणको लागि काठमाडौं पठाईएको छ । उनी कोरोनाबाट संक्रमित भएको पुष्टि हुन अझै केहि समय कुर्नुपर्ने अस्पतालले जनाएको छ । 

लक्षणहरुको आधारमा उनलाई कोरोना संक्रमण भएको हुनसक्ने बताईएको छ । तथापि रुघाखोकी र निमोनियाका कारण उनको मृत्यु भएको हुनसक्ने सम्भावना प्रचुर रहेको पनि बताईन्छ । 

प्रतिक्रिया दिनुहोस