हेरौँ, कोरोना रोकथाम कोषमा कसले कति सहयोग गरे - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

हेरौँ, कोरोना रोकथाम कोषमा कसले कति सहयोग गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
Sunrise
हेरौँ, कोरोना रोकथाम कोषमा कसले कति सहयोग गरे
LBEF

काठमाडौं । सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा निजि क्षेत्र तथा विभिन्न व्यक्तिहरुले सहायता रकम जम्म गर्न थालेका छन् । समाजको विभिन्न वर्ग समुदाय तथा क्षेत्रलाई समेत सहयोगको लागी आह्रान गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो । जसमा नेपालका राष्ट्रपतिदेखि जेलका कैदिबन्दीसम्मले सहायता रकम जम्मा गरेका छन् । सहयोग गर्नेहरुमा व्यापारीक घराना, राजनितिकर्मी, मन्त्री, कलाकार, बैंक तथा वित्तिय संस्था, बीमालगायतका व्यक्ति समुह तथा सस्थाहरुले रकम जम्मा गरिरहेका छन् ।
 
कसले कति सहयोग गरे  

चौधरी फाउन्डेसनको १ करोड 
सरकारले घोषणा गरेको कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन् । चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने घोषणा गरेका हुन् । सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने चौधरीले जनाएका छन् । 

ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख 
ग्लोबल आइएमई बैंकले ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सोही प्रयोजनार्थ बैंकलेस्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोष मार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेको हो । 

नेपाल बैंकको एक करोड 
कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । मानवीय विपदका घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

कृषि विकास बैंकको एक करोड २५ लाख 
कृषि विकास बैंकले कोरोना विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको बैंकले जनाएको छ । 

राष्ट्रिय सहकारी बैंकको ११ लाख ११ हजार 
नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । बैंकका सञ्चालक तथा लेखा समितिको वैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलव सहित समावेश गरी सरकारले सञ्चालन गरेको कोषमा उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ ।

बीमा समितिको २ करोड 
सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि स्थापना गरेको केन्द्रिय कोषमा बीमा समितिले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको सोमबार बसेको सञ्चालक समिति बैठकले २ करोड रुपैया दिने निर्णय गरेको हो । 

राष्ट्रपतिले दुई महिनाको पारिश्रमिक 
राष्ट्रपति विद्यादेवी भण्डारीले ’कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा दुई महिनाको पारिश्रमिक दिने भएकी छिन्। सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने उल्लेख छ । ’राष्ट्रपति विद्यादेवी भण्डारीबाट महामारीको रूपमा फैलिएको कोरोनाभाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुनेछ,’कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक 
उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । नेपाल सरकारद्वारा स्थापित कोषमा उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका हुन् । 

सभामुखको एक महिनाको तलब
सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन् । सरकारको कोष स्थापना गर्ने निर्णको स्वागत गर्दै आफुले उक्त कोषमा जम्मा हुने गरी एक महिनाको तलब उपलब्ध गराएका हुन् । संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत उक्त रकम कोषमा जम्मा हुनेछ । सभामुख सापकोटाले उक्त रकम संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई बुझाएका हुन् । 

राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब
कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरेका छन् । सो कोषमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेका छन् । राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले संसद सचिवालयलाई सोमबार पत्र लेखेर आफ्नो एक महिनाको पारिश्रमिक सो कोषमा जम्मा गर्न निर्देशन दिएका हुन् ।

महान्यायाधिवक्ता र पूर्वसञ्चारमन्त्रीको एक महिनाको तलब 
महान्यायाधिवक्ता अग्नि खरेल र पूर्वसूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाले एक महिनाको तलब सरकारले स्थापना गरेको कोरोनाविरुद्धको केन्द्रीय राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । त्यस्तै, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक महिनाको तलब कोषमा जम्मा गर्ने जनाएका छन् । 

सांसद यादवको एक महिनाको तलव 
पर्सा क्षेत्र नम्बर १ बाट निर्वा्चित समाजवादी पार्टीका सांसद प्रदिप यादवले आफ्नो एक महिनाको तलव कोरोनाविरुद्धको केन्द्रीय राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । सरकारले कोरोना भाइरस (कोभिड(१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि केन्द्रिय कोष स्थापना गरेकोमा सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताउँदै उनले संसद सचिवालयबाट पाउने एक महिना बराबरको पारिश्रमिक दिने घोषणा गरेका हुन् ।

नेकपा सांसद्को १५ दिनको तलब
कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का नेकपा सांसद्हरूले आफ्नो १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । सरकारले खडा गरेको कोभिड–१९ विशेष कोषमार्फत संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा सांसद्हरुले १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको जनाइएको छ । 

कांग्रेस सांसदको १५ दिनको तलब

सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिनको तलब बराबरको रकम दिने निर्णय छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको जनाएको छ । 

उद्योगी राजेन्द्र राउतको ११ लाख 
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष तथा विराटनगरका उद्योगी राजेन्द्र राउतले प्रदेश सरकारको कोरोना सहयोग कोषमा नगद ११ लाख रुपैयाँ सहयोग गरेका छन् । राउतले सोमबार प्रदेश सरकारको कोषमा नगद ११ लाख सहयोग गरेका हुन् । 

प्रकाश सपुतको २ लाख
सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ सहयोग गरेका छन् । प्रकाशले सरकारसम्म र्पुयाइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

निर्माण व्यवसाय विकास परिषद्को एक करोड 
कोभिड–१९ को रोकथाम र उपचारका लागि निर्माण व्यवसाय विकास परिषद्ले एक करोड दिने निर्णय गरेको छ । परिषदमा अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहितले कोषमा सो रकम जम्मा गरिने परिषद्ले जनाएको छ । परिषद्को गत बुधबार बसेको बैठकको निर्णयानुसार सो रकम जम्मा गरिएको सदस्य सचिव सहसचिव गोपालप्रसाद सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
 
डिल्लीबजार कारागारका कैदीबन्दीको ४० हजार 
डिल्लीबजार कारागारका कर्मचारी र कैदीबन्दीले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको कोरोनाविरुद्धको केन्द्रीय रातह कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कारागारका प्रशासन, आन्तरिक प्रशासन र सम्पूर्ण कैदीबन्दीले ४० हजार रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । 

भाटभटेनी समूहको एक करोड 
सरकारले खडा गरेको कोरोना कोषका लागि भाटभटेनी समूहले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएका हुन् ।

धितोपत्र बोर्डको ५० लाख 

सरकारले स्थापना गरेको कोरोना कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गरेको छ । पुँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम  सहयोग पुर्याउन बोर्डले विज्ञप्तीमार्फत भनेको छ ।
 

प्रतिक्रिया दिनुहोस