खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ स्थानबाट अत्यावश्यक सामाग्री बिक्री गर्दै - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ स्थानबाट अत्यावश्यक सामाग्री बिक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
Sunrise
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ स्थानबाट अत्यावश्यक सामाग्री बिक्री गर्दै
फाइल तस्विर
LBEF

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप एक आउटलेट सहित उपत्यकाका ५ स्थानबाट आम उपभोक्तालाई सेवा दिने भएको छ । खाद्यान्न अत्यावश्यक सामग्री भएकोले लकडाउनको अवस्थामा पनि हामीले सेवालाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले आर्थिकन्युजलाई बताए । यी आउटलेट कार्यालय समयसम्म खुल्छनु,’ उनले भने ‘ महामरीको यो अवस्थालाई मध्यनगर गरेर थप एक नयाँ आउटलेटबाट समेत सेवा दिन लागेका छौं ।’  

यसअघि वागमती अञ्चल कार्यालय थापाथली, रामशाहपथ र ललिपुरको नख्खु आउटलेटबाट सेवा दिँदै आएको कम्पनीले आजदेखि भक्तपुरको सूर्य विनायकाबाट समेत थप सेवा विस्तार गर्न लागेको हो । ‘देशमा आइलागेको यो विद्प परिस्थितिमा आम उपभोक्तालाई सेवा दिन हामीले थप आउटलेट विस्तार गर्न लागेको हौं,’ उनले भने  ‘हामीसँग विभिन्न प्रकारका चामल, दाल, इन्डक्शन चुलो छ ।’ 

सुपथ मूल्यमा आम उपभोक्तले कम्पनीको आउटलेटबाट सामान खरिद गर्न सक्नु हुन्छ ।’ हाल कम्पनीसँग २५ हजार मेट्रिक टन चामल छ,’ उनले थपे ‘१० हजार मेट्रिक टन तत्काल थप्न सक्ने अवस्थामा हामी छौं ।’ त्यसैले खाद्यान्न अभाव होला भनेर डराउनु पर्दैन,’ उनले थपे । काठमाडौं उपत्यकाको  रिङरोट बाहिर गत पुस १६ गतेदेखि घुम्ती सेवा संचालन गरेको कम्पनीले आफ्नो व्यापारलाई विस्तार मात्र होइन आम उपभोक्तालाई टोलटोलमै सेवा दिने योजना बनाएको हो । सो अनुरप कम्पनीले आम उपभोक्तलाई सर्वसुलभ मूल्यमा उनीहरूकै टोलटोलमा सेवा दिने उदेश्यले खाद्यान्न घुम्ती सेवा शुरु गरेको थियो । 

कम्पनीले गत पुस १६ गतेबाट काठमाडौंको साँखु, थली, कीर्तिपुर, बलम्बुलगायतबाट आम उपभोक्तालाई घुम्ती सेवा प्रदान गरिरहेको छ । यस वाहेक कम्पनीले रिङरोटभित्र पनि विभिन्न स्थानमा यस्तो सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । कम्पनीले भक्तपुरको सूर्य विनायक, काठमाडौंको कीर्तिपुर र बुढालिकण्ठ तथा ललिपुरको गोदावरीमा पनि छिट्टै यस्तो घुम्ती सेवा संचालन गर्न लागेको थियो । तर, कोरोना भाइरसको महामारीको कारण अहिले ती स्थानमा भने रोकिएको छ । तर पनि सूर्य विनायकमा भने कम्पनीले आउटलेट सञ्चालनमा ल्याइसकेको छ । 

कम्पनीले वित्तामोड, विराटनगर, लाहन, काठमाडौं, पोखरा, नेपालगञ्ज, धनगढी र तुलसीपुर गरीआठ वटा अञ्चल कार्यालयबाट पनि खाद्यान्न बिक्री तथा वितरण गरिरहेको छ । कम्पनीअन्र्गत आम उपभोक्तालाई सेवा प्रदान गर्ने २६ वटा शाखा र ५९ वटा डिपो  समेत रहेका छ । 
यसका साथै विभिन्न जिल्लाका गोदाम, डिपो तथा सहकारीहरू तथा अस्थायी केन्द्रबाट समेत कम्पनीले यस्तो सेवा उपलब्ध गराउँदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस