aarthiknews.com आइतबार, ०९ कार्तिक २०७७   Sunday, 25 October, 2020
 
Tansen_cement
Bajaj_Bike

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका पनि बन्द

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, ११ चैत्र २०७६
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका पनि बन्द
LBEF
Nabil Bank

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका बन्द गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला र सहर सुरक्षित गर्ने नीति अन्तर्गत काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य सात नाका बन्द गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

चैत २१ सम्मका लागि नाका बन्द गरिएको हो । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले कोरोना सङ्क्रमण फैलिन नदिन नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जान नदिने उद्देश्यसहित सोमबार बिहान ७ बजेदेखि काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य सात नाका बन्द गरिएको जानकारी दिए ।

उनका अनुसार नागढुङ्गा, फर्पिङ, जगाते, साँखु, मड्कुभञ्ज्याङ, बालाजु बाइपास नाका बन्द गरिएको हो । अत्यावश्यक सेवाका सवारीसाधन बन्द गरिएका नाकाबाट सञ्चालन गर्न पाउने उनले स्पष्ट पारे ।  

प्रतिक्रिया दिनुहोस