संस्थापक शेयरको पूँजीगत लाभकरबाट सरकारलाई २५ करोड १३ लाख घाटा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

संस्थापक शेयरको पूँजीगत लाभकरबाट सरकारलाई २५ करोड १३ लाख घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ बैशाख २०७६
Sunrise bank
संस्थापक शेयरको पूँजीगत लाभकरबाट सरकारलाई २५ करोड १३ लाख घाटा
LBEF
NCH-IPS

 काठमाडौं, वैशाख १ । आर्थिक वर्ष २०७४/७५ मा संस्थापक शेयर विक्रीबाट २५ करोड १३ लाख कम पूँजीगत लाभकरबाट सरकारले  राजस्व प्राप्त गरेको छ । शुत्रलबार महालेखा परिक्षकले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनले संस्थापक शेयर विक्रीबाट बास्तवित हुनुपर्ने पूँजीगत लाभकर विक्रीमा कमि आएको औल्याएको हो । 

प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा ७२ कम्पनीको २ करोड ५५ लाख २० हजार कित्ता संस्थापक शेयर  १० अर्ब ६४ करोड १४ लाख रुपैयाँमा विक्री भएको छ । उक्त शेयर कारोबार भएको दिनको साधारण शेयरको न्यूनतम मूल्यमा विक्री गर्दा पनि १५ अर्ब ६६ करोड ८७ लाख हुने महालेखाको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

  यसरी विक्रीमा फरक परेको ५ अर्ब २ करोड ७३ लाख रूपैयाँ समेतमा पूँजीगत लाभकर गणना गरी असुल गर्नुपर्नेमा २५ करोड १३ लाख कम असुल भएको महालेखाको प्रतिवेदनमा भनिएको छ । 

आयकर ऐन २०५८ को दफा ३७ ९१० मा कुनै सम्पति वा दायित्वको निसर्ग गर्दा प्राप्त आम्दानी भन्दा सो सम्पति वा दायित्व बापतको खर्च घटी भएकोमा फरक रकम आय मानी गणना गर्ने व्यवस्था छ । 

संस्थापक शेयरको खरिद विक्री कारोबार हुँदा पूँजीगत लाभकर गणनाका लागि २०६४ साल चैत ५ गतेको अर्थ मन्त्रीस्तरीय निर्णयले खुद सम्पत्ति सकारात्मक भएको कम्पनीको हकमा गत वर्षको किताबी मूल्यको ५ गुणा वा साधारण शेयरको बजार मूल्यको ५० प्रतिशत मध्य जुन कम हुन्छ सो मूल्य र खुद सम्पत्ति ऋणात्मक भएको कम्पनीको हकमा १८० दिनको औसत बजार मूल्यको ५० प्रतिशत वा कारोबार भएको दिनको बजार मूल्यको ५० प्रतिशत मध्य जुन कम हुन्छ सो भन्दा बढी मूल्यमा गुणना गर्ने भनि निर्देशन जारी गरिएको छ । 

उक्त निर्णयको आधारमा लाभकर गणना गरेको कारण ५ प्रतिशतका दरले पूँजीगत लाभकर कम असुल भएको महालेखाले उल्लेख गरेको छ । साधारण शेयरको ५० प्रतिशत हुने गरी संस्थापक शेयरको मूल्य कायम गर्ने आधार नदेखिएको भन्दै उक्त निर्णय पुनरावलोकन गर्न  महालेखाले निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस