डलरको भाउ अहिलेसम्मकै महँगों, यस्तो छ आजको विनिमयदर - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

डलरको भाउ अहिलेसम्मकै महँगों, यस्तो छ आजको विनिमयदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ चैत्र २०७६
Sunrise
डलरको भाउ अहिलेसम्मकै महँगों, यस्तो छ आजको विनिमयदर
LBEF

काठमाडौं । अमेरिकी डलरको भाउ अहिले सम्मकै महँगों भएको छ । नेपाल राष्ट्र बैंकले जारी  गरेको विनिमयदरमा सोमबार  खरिददर १२० रुपैयाँ  बिक्रीदर १२० रुपैयाँ ६० पैसा रहेको डलर एकको भाउ मंगलबार बढेर खरिददर १२१ रुपैयाँ  ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेको छ । 

युरो एकको खरिददर १२९ रुपैयाँ ९३  पैसा र बिक्रीदर १३० रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ११ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।  

 कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ ।  युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस