अत्यावश्यक सूचीमा नपरेपनि ‘लकडाउन’ मा बैंक बन्द नहुने, यसरी खुल्छन् बैंक - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

अत्यावश्यक सूचीमा नपरेपनि ‘लकडाउन’ मा बैंक बन्द नहुने, यसरी खुल्छन् बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
Sunrise
अत्यावश्यक सूचीमा नपरेपनि ‘लकडाउन’ मा बैंक बन्द नहुने, यसरी खुल्छन्  बैंक
LBEF


काठमाडौं । सरकारले गरेको निर्णयको अत्यावश्यक सूचीमा नपरेपनि ‘लकडाउन’ मा बैंक तथा वित्तीय संस्था भने खुल्ने भएको छ । राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा.चिन्तामणि शिवाकोटीले बैंक तथा वित्तीय संस्थाको निश्चित शाखा निश्चित समयका लागि खोल्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिए । ‘स्थानीय प्रशासनसँग स्वीकृत लिएर बैंक शाखाका क्यास काउण्टर बढीमा ३ घण्टासम्म खोल्न लगाउने छौ,’ उनले भने ‘बैंकहरूले आफ्नो अनुकूलता हेरेर पालोपालो गरी फरक फरक शाखा पनि खोल्न सक्नेछन् ।’ 

‘लकडाउनको समयमा सबै शाखाहरु नखुल्न सक्छन्, तर अत्यावश्यक सेवाको रुपमा रहेको बैंकिङ सेवा पूर्ण रुपमा बन्द पनि हुँदैन । हामी जिल्ला प्रशासन कार्यालयसँग भोलि बस्छौं, कुनै मोडालिटीबाट बैंकका शाखाहरु खुलाउन पहल गर्छौं,’ शिवाकोटीले भने । यद्यपि यसबारे गृह मन्त्रालय वा जिल्ला प्रशासनको निर्णय नै अन्तिम हुनेछ । शिवाकोटीले बैंक तथा वित्तीय संस्था खोल्नको लागि चाहिने पास भने बनाउनु पर्ने बताए  । ‘भोलि पास बनाउन सकियो भने पर्सीदेखि केही समय बैंक खुल्छ,’ उनले भने ।

आम सर्वसाधारणलाई पैसाको अभाव नहोस् भन्नका लागि प्रत्येक बैंकको वेभ साइटमा बैंक म्यानेजरको सम्पर्क नम्बर राख्न लगाएर समेत पैसाको व्यवस्था मिलाउन लगाउने उनले बताए । सरकारले भोलि ११ गतेदेखि १८ गतेसम्म एक सातासम्म पूर्णरुपमा देशभर ‘लकडाउन’ गर्ने निर्णय छ । 

सरकारले लकडाउन गरेपनि बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्मचारीलाई पायक पर्ने स्थानमा दुई÷तीन घण्टा बैंक शाखाको क्यास काउण्टर खोल्न लगाउने व्यवस्था मिलाउने छन् । बैंक तथा वित्तीय संस्थाले आफ्नो एटीएम बुथबाट पनि सेवा प्रवाह गरिरहेका छन् । त्यसैले आम सर्वसाधारणले बैंकबाट पैसा झिक्न नपाइने भयो भनेर आत्तिनु पर्दैन,’ उनले भने । सबै शाखा खोल्न सक्ने अवस्था रह्दैन । यद्यपि सहज सेवाको लागि आम ग्राहकलाई विद्युतीय भुक्तानी प्रणाली अपनाउन समेत उनले आग्रह गरे ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार  काठमाडौं महानगरपालिकामा ७ वटा शाखा हुनेले एउटा शाखा ललितपुरमा ५ वटा शाखा हुनेले  एउटा शाखा शाखा सञ्चालन गर्न पर्ने निर्देशन जारी गरेको छ ।  त्यस्तै एयटा स्थानीय तहमा एउटा मात्रै शाखा भएको बैंकले पनि त्यहाँबाट सेवा दिनुपर्नेछ । बैंकर्स एसोसिएसनका अनुसार अब २७ वटा बाणिज्य बैंकका काठमाडौं महानगरपालिका भित्र एक एक वटा शाखा खुल्ला राख्नु पर्ने छ ।  

एउटा स्थानीय तहमा एउटा मात्रै शाखा हुने बाणिज्य बैंकले उक्त शाखाबाट सेवा सञ्चालन गर्नुपर्नेछ । शाखाहरुलाई नगद कारोबार अनिवार्य गरिएको छ भने अन्य सेवालाई स्वेच्छिक गरिएको बैंकर्स एसोसिएसनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस