माछापुच्छ्रे बैंकको सीइओमा कोइराला - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

माछापुच्छ्रे बैंकको सीइओमा कोइराला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
Sunrise
माछापुच्छ्रे  बैंकको सीइओमा कोइराला
LBEF

काठमाडौं । माछापुच्छ्रे बैकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)को जिम्मेवारी सन्तोष कोइरालाले पाएका छन । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैंठकले 
कोइरालालाई २०७७ बैसाख १ गतेदेखि लागू हुने नियुक्ती गरेको हो । गत चैत २ गतेदेखि कोइराला कामू सीइओ भइ जिम्मेवारी सम्हालेका थिए ।

 उनले माछापुच्छ्रे बैंकमा ७ वर्ष विताइसकेका छन् । कोइरालाले बैंक अफ काठमाण्डूबाट आफ्नो बैंकिङ करियर शुरु गरेका हुन ।  सानिमा बैंक हुँदै माछापुच्छ्रे बैक लामोसमय काम गरिसकेका छन् । उनीसँग २१ वर्षको बैंकिङ अनुभव छ ।

बैंकिङको लामो अनुभव भएका कोइराला माछापुच्छ्रे बैकमा डेपुटी सीइओका रुपमा कार्यरत थिए । तत्कालीन सीइओ सुमन शर्माले राजीनामा दिएपछि कोइराला कामू सीइओको जिम्मेवारी पाएका थिए । 

प्रतिक्रिया दिनुहोस