कोरोना कोषलाई ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

कोरोना कोषलाई ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
Sunrise
कोरोना कोषलाई ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग
LBEF

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कोरोना भाईरस (कोभिड –१९) विरुद्ध लड्न नेपाल सरकारले मिति २०७६ चैत्र ९ गते घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु। १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

सोही प्रयोजनार्थ बैंकलेस्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोष मार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग समेत उपलब्ध गराउने निर्णय गरेकोे छ । 

कोभिड-१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।
 

प्रतिक्रिया दिनुहोस