नेपाल इन्स्योरेन्स र वोमी लघुवित्तको साधारणसभा स्थगित - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

नेपाल इन्स्योरेन्स र वोमी लघुवित्तको साधारणसभा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
Sunrise
नेपाल इन्स्योरेन्स र वोमी लघुवित्तको साधारणसभा स्थगित
LBEF

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी र वोमी लघुवित्त वित्तीय संस्थाको साधारण सभा स्थगित भएको छ । दुवै कम्पनीले सोमवार सूचना प्रकाशित गरी अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त साधारण सभा स्थगित गरिएको जानकारी दिएका छन् । 

हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम र सरकारको निर्णय बमोजिम एकै ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएकोले साधारण सभा स्थगित गरिएको दुवै कम्पनीले सूचनामार्फत जानकारी दिएका हुन् ।

नेपाल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत २१ गते एयरपोर्ट होटल, सिनामंगल, काठमाडौंमा ७१औं वार्षिक साधारण सभाको आयोजना गरेको थियो । 

त्यस्तै, वोमी लघुवित्तले चैत १६ गते २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न धुलिखेल काभे्रपलाञ्चोक स्थित जुगल होटलको साभाहलमा ८औं साधारण सभा गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस