कोरोना रोक्न चिनियाँ मोडल अपनाउँदै सरकार - Aarthiknews
aarthiknews.com आइतबार, २३ चैत्र २०७६   Sunday, 05 April, 2020
 
Tansen_cement
Janahit Suchana

कोरोना रोक्न चिनियाँ मोडल अपनाउँदै सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० चैत्र २०७६
Sunrise
कोरोना रोक्न चिनियाँ मोडल अपनाउँदै सरकार
LBEF

काठमाडौं । सरकारले कोभिड १९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ । संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराख भट्टले आइतवार त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिए । 

कोभिड १९ रोकथाम र नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन ‘लकडाउन’ गर्ने विधि हो ।

वुहानमा संक्रमण शुरू भएपछि चीनले शहर नै लकडाउन गरेको थियो । दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रूपमा अपनाइरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस