कोरोना संक्रमण कुकुरमा पनि भेटियो - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

कोरोना संक्रमण कुकुरमा पनि भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ चैत्र २०७६
Sunrise
कोरोना संक्रमण कुकुरमा पनि भेटियो
LBEF

हङकङ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण कुकुरमा पनि भेटिएको छ । हङकङमा गरिएको परीक्षण अनुसार एउटा घरपालुवा कुकुर संक्रमित भेटिएको हो । हङकङ आइल्याण्डस्थित पोक फु लाम क्षेत्रमा ‘जर्मन सेफर्ड’ जातको कुकुरलाई केही दिनअघि क्वारेन्टाइनमा पठाइएको थियो ।

उक्त कुकुरको मालिकलाई पनि संक्रमण भएको थियो । कोरोना भाइरस पहिचान भएको प्रारम्भिक अवस्थामा कुकुर, बिरालो जस्ता घरपालुवा जनावरमा कोरोना भाइरस नभेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म दुई वटा कुकुरलाई संक्रमण भइसकेको छ । यद्यपि घरपालुवा जनावरलाई किस नगर्न तथा अंकमाल नगर्न पनि वैज्ञानिकहरुले सुझाव दिएका छन् । एजेन्सीको  सहयोग 

प्रतिक्रिया दिनुहोस