आजदेखि जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने - Aarthiknews
aarthiknews.com शुक्रबार, २८ चैत्र २०७६   Friday, 10 April, 2020
 
Tansen_cement
Janahit Suchana

आजदेखि जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
Sunrise
आजदेखि जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा थप शुल्क नलाग्ने
LBEF

काठमाडौं । विश्वभर फैलाइरहेको कोरोना भाइरसको संक्रमण रोक्न बैंक तथा वित्तीय संस्थाहरुले अबदेखि जुनसुकै बैंक वित्तीय संस्थाको एटीएम बुथबाट पैसा झिक्दा पनि शुल्क नलाग्ने निर्णय गरेका छन् । यसअघि एउटा बैंकबाट लिएको एटीएम प्रयोग गरेर अर्को बैंक वित्तीय संस्थाको एटीएम बुथबाट पैसा झिक्दा शुल्क लाग्थ्यो ।

बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघ, विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन र फाइनान्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल वित्तीय संस्था संघको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, इन्टरनेट/मोबाइल लगायतका विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै पनि शुल्क नलाग्ने पनि संघहरुले निर्णय गरेका छन् । नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपीएस सेवा पनि निशुल्क गरिएको छ । यस्तो सवै प्रकारका निशुल्क सेवाहरु निश्चित अवधिको लागि भएको र शुल्क लाग्ने भएपछि अर्को सुचना प्रकाशित गरिने संघको भनाइ छ ।

बैंकहरुले अर्को सूचना जारी नभएसम्मका लागि यी सेवा निःशुल्क भएको जनाएका छन् ।


 

प्रतिक्रिया दिनुहोस