aarthiknews.com सोमबार, ०५ असोज २०७७   Monday, 21 September, 2020
 
Bajaj_Bike
Tasen

५६ वटा निर्माण कम्पनीको ठेक्का तोड्दै सरकार (नामसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
५६ वटा निर्माण कम्पनीको ठेक्का तोड्दै सरकार (नामसहित)
LBEF

काठमाडौं । सरकारले समयमा निर्माण कार्य सम्पन्न नगर्ने ५६ वटा निर्माण कम्पनीको ठेक्का तोड्ने भएको छ । सडक डिभिजन कार्यालय हेटौडा, मकवारपुरले विभिन्न आर्थिक वर्षमा सम्झौता भई तोकिएको समय सीमाभित्र निर्माण कार्य सम्पन्न नगर्ने कम्पनीहरूको ठेक्का तोड्ने सूचना जारी गरेको हो । ठेकेदार कम्पनीहरूलाई कार्यालयले पटक पटक निर्धारित समयभित्र कार्य सम्पन्न गर्न मौखिक तथा पत्रपत्रिकामार्फत जानकारी गराउँदा समेत अटेर गरेपछि कार्यालयले ती कम्पनीहरूसँग भएको ठेक्का तोड्न प्रक्रिया अघि बढाउन लागेको हो । 

ठेकेदार कम्पनीहरूले म्याद थपका लागि आवश्यक कागजात सहित निवेदन समेत पेश नगरेकाले यस्तो सूचना जारी गरिएको हो सूचनामा भनिएको छ । हालसम्म के कति कारणले ठेक्का सम्पन्न नभएको हो त्यसको जानकारी सहितको निवेदन पेश गर्न ठेकेदार कम्पनीहरूलाई सूचीत गरिएको थियो । तर, ठेकेदार कम्पनीहरूले अटेर गरेका कारण कार्यालयले सूचना नै जारी गरेको हो ।

अबको ७ दिनभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको व्यहोरा खुलेको निवेदन कार्यालयमा नआइपुगे सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) क र दफा ७, ८ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम ठेक्का तोडिने छ । र अन्य कारवाहीको लागि प्रक्रिया अघि बढाउने तयारी समेत कार्यालयले गरेको छ ।  

प्रतिक्रिया दिनुहोस