सनराइज बैंकका ग्राहकले किस्तामा आइफोन र वान प्लस मोबाइल किन्न पाउने - Aarthiknews
aarthiknews.com शनिबार, २९ चैत्र २०७६   Saturday, 11 April, 2020
 
Tansen_cement
Janahit Suchana

सनराइज बैंकका ग्राहकले किस्तामा आइफोन र वान प्लस मोबाइल किन्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
Sunrise
सनराइज बैंकका ग्राहकले किस्तामा आइफोन र वान प्लस मोबाइल किन्न पाउने
LBEF

काठमाडौँ । सनराइज बैंक र आइफोनको आधिकारिक बिक्रेता ओलिज स्टोर प्रालिबीच सम्झौता भएको छ । सम्झौता अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरी आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुक लगायतका विद्युतीय उपकरणहरु शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् । 

ग्राहकहरुले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रुपमा तिर्न सक्नेछन् । यो योजनाले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्य राखीे २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, १५४ एटिएम , १३० शाखाहरु, ९ वटा एक्सटेन्सन काउण्टर, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस