aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

ग्यास सहज कहिले ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, ०७ चैत्र २०७६
Reliance life insurance
ग्यास सहज कहिले ?
Jagadamba
LBEF

काठमाडौं । सरकारले बजारमा पर्याप्त ग्यास छ भनेर दाबी गर्दै आए पनि उपभोक्ताले सहजै ग्यास खरिद गर्न पाएका छैनन् । 

एउटा ग्यास सिलिन्डरका लागि एक सातासम्म लाइन बस्नुपर्ने अवस्था छ ।

निगमले मासिक ३८ हजार मेट्रिक टन ग्यास आयात गर्दै आएकामा पछिल्ला दुई सातामा २५ हजार ६ सय ४९ मेट्रिक टन ग्यास आयात गरेको छ । 

बजारमा ग्यासको माग बढेपछि आपूर्ति सहज कोटा बढाएर ४५ हजार पुर्याइएको छ । निगमले बजारमा आपूर्ति सहज गर्न १६ दिनमा मात्र १८ लाख ६ हजार २ सय २ वटा सिलिन्डर बजारमा पठाएको छ । तर, उपभोक्ताले ग्यास सहजै पाउन सकेका छैनन् । 

व्यापारीले कालोबजारी गर्न थालेपछि पर्याप्त ग्यास हुदाँ हुँदै पनि उपभोक्ताले सहज रुपमा ग्यास नपाएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस