aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
Tansen_cement
ctz
hulas Remite

भारततर्फ सीमा ‘सिल’ गर्न प्रस्ताव, जवाफ आउन बाँकी

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, ०७ चैत्र २०७६
Sunrise
भारततर्फ सीमा ‘सिल’ गर्न प्रस्ताव, जवाफ आउन बाँकी
LBEF

काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि ‘सिल गर्ने’ सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल भारत खुला सीमाबारे थप गम्भीर हुनुपर्ने बताउँदै नेपालले सीमा व्यवस्थापनबारे साझा धारणा बनाउन भारतलाई पठाएको प्रस्तावमा जवाफ आइनसकेको बताए । 

‘नेपाल र भारत दुवैतर्फ स्थिति भलनरेबल बनिसकेको छ, खुला सीमामा कडाइका साथ व्यवस्थापन  र अनुगमन हुनैपर्छ, मन्त्री  ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस