अष्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

अष्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
Sunrise
अष्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध
LBEF

सिड्नी ।  कोभिड¬–१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गरेका छन्  ।

अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा बताए । 

गैर अष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो । अत्यावश्यकताको आधारमा प्रवेश गर्न चाहने तथा अष्ट्रेलियाली नागरिकलाई भने १४ दिन क्वारन्टाइनमा बस्नुपर्ने  अनिवार्य गरिएको पनि सो घोषणामा उल्लेख गरिएको छ ।  

प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियामा देखिएको सङ्क्रमणमध्ये करिब ८० प्रतिशत जति विदेशी नागरिकबाट सरेको पाइएको पनि जानकारी दिए ।  अष्ट्रेलिया सरकारको स्वास्थ्य विभागकाअनुसार बिहीबार बिहानसम्म ५५६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस