
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ नोक्सानम रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि ३ करोड ५५ लाख रुपैयाँ नोक्सानमा रहेकोे थियो ।
८० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा २१ करोड ३८ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । विक्री १५ करोड ९० लाख रुपैयाँ रहेको छ ।
कम्पनीले आम्दानी १६ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च १९ करोड ४५ लाख रुपैयाँ गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ३ दशमलव २६ रुपैयाँ, मुल्य आम्दानी अनुपात २४ दशमलव २३ गुणा र नेटवर्थ ७३ दशमलव २७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस